| शनिबार, बैशाख ८, २०८१

जबर्जस्ती करणी मुद्धाको तारेख खेप्न आउँदा पनि जबर्जस्ती करणीकै प्रयास गर्ने पक्राउ

जबर्जस्ती करणीको उद्योग सम्बन्धी मुद्दाको तारेखमा हाजिर हुन आएका एक युवा फेरि अर्की युवतीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

अमरज्योति माविकी छात्रामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपको मुद्दामा हाजिर हुन आउँदा अर्की युवतीमाथि फेरि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पालुङ्टार नगरपालिका ४ लुइँटेल निबासी प्रकास न्यौपानेलाई घटनास्थलबाटै पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ ।

गत मंगलबार राती १२ बजे हरमटारीस्थित आरुघाट बसपार्कमा आफ्नै घरमा सुतिरहेकी २२ बर्षकी एक युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरी हिरासतमा राखिएका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

‘न्यौपाने न्यू घैरुङ श्रेष्ठ होटलमा बास बसेका रहेछन् । सँगैको घरको झ्यालको भ्याण्टिलेशनको तारजाली च्यातेर झ्यालको चुकुल खोली युवती सुतिरहेको कोठामा पुगी दुव्र्यबहार गर्न थालेछन्’, उनले भने, ‘महिलाको सुचनापछि प्रहरी घटनास्थलमा पुगी उनलाई नियन्त्रणमा लिएको छ । पीडितको किटानी जाहेरी आइसकेको छ । अहिले अदालत बन्द रहेकाले अदालत खुल्नेबित्तिकै मुद्दादर्ता गरी म्याद लिएर थप अनुसन्धान गर्ने गरी हिरासतमा राखिएको छ ।’

यसअघि आफै अध्यक्ष रहेको अमरज्योति माध्यमिक विद्यालयकी दृष्टिबिहिन विद्यार्थीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा न्यौपानेमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्