| शनिबार, कार्तिक २, २०७६

ज्योति मगरले भनिन्, गोरखाली युवाहरु बहादुर मात्रै होइनन्, ‘सेक्सी’ पनि रहेछन्

 

दशैं सस्तो बजारमा आइतबार र सोमबार साँझ तुलनात्मक रुपमा दर्शक अल्लि धेरै नै भए । मेलाको प्रचारप्रसारमा नै आइतबार र सोमबार ज्योति मगरको प्रस्तुती रहने सुनेपछि दर्शक, स्रोता यी दुई दिन दर्शकको घुइँचो लाग्यो ।

उनको गीत नाच भन्दा पनि दर्शकहरु मिनी स्कर्टमा आकर्षित थिए । मञ्चमा प्रवेश गरेदेखि नै उनको प्रस्तुतीको माग गर्दै दर्शक स्रोतले हुटिङ सुरु गरेका थिए ।

‘ए भन भन भाइको आइ लब यू’, ए राम्ररी भन आइ लब यू’ भन्दै मिनी स्कटसहित मञ्चमा नाच्न थालेपछि दर्शकहरु जोशिएका थिए ।
कार्यक्रममा गोरखाली चर्चित कलाकार दीपसागर थापा, शोभा त्रिपाठी, उमा श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

गोरखाली युवाहरु बहादुर छन् भन्ने त पहिल्यै थाहा थियो, तर सेक्सी पनि रहेछन् भनेपछि युवाहरु झन उन्माद सहित हुटिङ गरेका थिए ।

तस्वीर : गणेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्