| शनिबार, कार्तिक २, २०७६

लिगलिगे दौडका विजयीलाई एक बर्षका लागि सद्भावना दूत बनाइने

 

लिगलिगे दौडमा प्रथम हुनेलाई यसबर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ । दसौं लिगलिगे दौडको बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मध्यको एक पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले लिगलिगे दौडका विजयीलाई नगरपालिकाले एकबर्षका लागि सद्भावना दूत घोषणा गर्ने जानकारी दिएका हुन् ।

‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’, उनले भने, ‘यसबर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं । अबदेखि जो विजयी हुन्छ, उहाँलाई एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ । नगरपालिकाको ठूलो कार्यक्रमहरुमा उहाँलाई स(सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए ।

दशौँ लिगलिगे दौड प्रतियोगिता आगामी असोज १६ गते हुने भएको लिगलिगकोट विकास अभियानले जानकारी दिएको छ । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको अभियानका पुर्णबहादुर रानाले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन चाहनेले असोज १३ गतेसम्म नाम दर्ता गर्नुपर्ने रानाले बताए । फाराम दस्तुर लिगलिगबासी, महिला र नेपाली सेनाका लागि रु. पाँचसय, नेपालीका लागि रु. एकहजार तथा विदेशी नागरिकका लागि पाँचहजार रुपैयाँ लाग्ने आयोजकको जनाएको छ ।
बिहान सातबजेदेखि सुरु हुने प्रतियोगितामा धावकले पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दुरी पार गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । साथै उनलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको छ ।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ , चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा छैटौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजकले छ ।
महिलालाई प्रोत्साहनका लागि प्रतियोगितामा महिला खुल्ला तर्फ बडडाँडाबाट लिगलिगकोटसम्म ५ किलोमिटर दुरीको छुट्टै दौड प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा पहिलो हुनेलाई नगद २० हजार ५ सय रुपैयाँ, दोस्रो हुनेलाई १२ हजार पाँच सय रुपैयाँ र तेस्रो हुनेलाई नगद सात हजार पाँच सय रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजकले जनाएको छ ।

त्यसैगरी, लिगलिगवासीका लागि आयोजना गरिने दौड तर्फ पहिलो हुनेलाई नगद २० हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद १२ हजार रुपैयाँ र तेस्रो हुनेलाई नगद सात हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र पुरस्कार दिईने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छात्र÷छात्रा र भेूूान अन्तरगत पनि छुट्टाछुट्टै दौड हुने अभियानका अध्यक्ष रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्