| शनिबार, कार्तिक २, २०७६

मनास्लुबाट उडेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

शिव उप्रेती: गोरखा मनास्लु क्षेत्रबाट काठमाडौंका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । निरन्तरको झरीका कारण दुई दिनदेखि सामागाउँमै रोकिएको हेली एभरेस्टको हेलिकप्टर खराब मौसमका कारण बुधबार बिहान १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

हेलिकप्टरमा तीनजना यात्रु रहेको गण्डकी गाउँपालिका ८ सिउरेनिटारका अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । सामागाउँबाट गोरखाको केरौजा,धादिङहुँदै काठमाडौ जाने हेलिकोप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्