| शुक्रबार, अशोज ३, २०७६

बढ्दै तीजको लोकप्रियता : बारपाक, लाप्राक, सिर्दिबासमा पनि तीज मेला

हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा जिल्लाभर बिभिन्न ठाउँमा तीज मेला तथा तीजगीत प्रतियोगिता सम्पन्न भएका छन् । सदरमुकाममा सँधै बर्षजस्तै रेडियो गोरखाको आयोजनामा तीजमेला तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

गोरखा विकास तथा सञ्चार केन्द्रका अध्यक्ष इश्वरकाजी मास्केको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । जसमध्य शुभलक्ष्मी महिला समुह लक्ष्मी बजार प्रथम भएर २० हजार रुपैयाँ पाउन सफल भएको थियो । त्यस्तै लोकतान्त्रिक महिला समाज हरमटारी दोस्रो भएर १५
हजार रुपैयाँ, लियो क्लवअफ गोरखा तेस्रो भएर १० हजार र काफलघारी महिला समूह र बालमैत्री महिला समूह लक्ष्मीबजारले सान्त्वना पुरस्कार वापत पाँचपाँच हजार रुपैयाँ प्राप्त गरेका थिए ।

त्यस्तै गोरखा नगरपालिका १२ को रानीटार टोलविकास संस्थाले १० किलो बजारमा आयोजना गरेको तीजगीत प्रतियोगितामा ११ टिम सहभागी थिए । जसमध्य सत्यदेवी टोल विकास संस्था पहिलो भएर १० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, चण्डीभँगेरी टोल विकास संस्था दोस्रो भएर सात हजार रुपैयाँ, रानीटार टोल विकास संस्था तेस्रो भएर ४५ सय रुपैयाँ, खत्रीबेशी टोल विकास संस्था, १० किलो टोल विकास संस्था र बराहगाउँ टोल विकास संस्थाले सान्त्वना पुरस्कार स्वरुप १५०० रुपैयाँका दरले पुरस्कार पाएका थिए । सँस्थाकी उपाध्यक्ष बिनिता कुमालको अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यस्तै पालुङ्टार नगरपालिका ९ सेराबजारमा सेराली टोल बिकास संस्थाको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । क्लवका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षता तथा मेयर दीपकबाबु कँडेलको प्रमुख आतिथयतामा सम्पन्न प्रतियोगिता मा पालुङटार नगरपालिका ६ को तालदेवी महिला समूह गाईखुर प्रथम भएको थियो । त्यस्तै लाली गुराँस महिला समूह दोस्रो, लाहुरेडाँडा महिला समूह तेस्रो, न्यूट्रयाक युवाक्लवले सान्त्वना पुरस्कार पाउन सफल भएका निर्णयक उमेश पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्