| बिहिबार, बैशाख ६, २०८१

आठौं राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोकलाई

 

जिल्लाका नौ स्थानीयत तहलाई पछि पार्दै यसबर्षको राष्ट्रपति रनिङ शिल्ड सिरानचोक गाउँपालिकाले हात परेको छ । सरस्वती मावि आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित १८ पदक हात पार्दै सिराचोकले उपाधी जितेको हो । गत सोमबारदेखि सुरु भएको जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सकिएको हो ।

११ वटा स्थानीय तह मध्ये पालुङ्टार नगरपालिकाले भने सहभागिता जनाएको थिएन् ।

यसैगरी अजिरकोट गाउँपालिका दोश्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित अजिरकोटले १३ पदक जितेको छ । त्यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य सहित सहिद लखन गाउँपालिका तेश्रो भएको छ । शहिद लखनले ११ पदक प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा आरुघाट गाउँपालिकाले ५ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ । गण्डकी गाउँपालिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य, बारपाक सुलिकोट गाउँपालिकाले २ स्वर्ण, १ रजत २ कास्य पदक पाएको छ । भिमसेन थापा गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ ।

प्रतियोगितामा गोरखा नगरपालिका स्वर्ण पदक विहिन भएको छ । उसले ४ रजत र ३ कास्य सहित ७ पदक मात्र पाएको छ । धार्चे गाउँपालिकाले २ रजत र चुमनुब्रीले १ कास्य पदक मात्र जितेका छन् । पालुङ्टार नगरपालिका बाहेक सबै स्थानिय तह सहभागी प्रतियोगिता असार २२ देखि २४ गतेसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्