| बिहिबार, चैत्र १५, २०८०

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ ।

टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल । १० मार्च १८७६ मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित गर्दै भने : श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो । ग्राहम बेलले फोनमा हेल्लो होइन Ahoy शव्द बोलेका थिए ।

टेलिफोनको प्रयोग आम रुपमा हुन थालेसँगै मानिसहरुले फोनमा कुरा गर्दा सुरुमा बोल्ने शव्द हुन्थ्यो : Are you There ? अर्थात् मलाई सुनेका छौ ?

तर पछि वैज्ञानिक थोमस अल्बा एडिसनले Ahoy शव्दलाई अप्रभंस गरी सन् १८७७ मा Hello भन्ने प्रस्ताव गरे ।

उक्त प्रस्तावलाई पारित गर्नका लागि थोमस अल्बा एडिसनले पिट्सबर्गको केन्द्रीय जिल्ला तथा मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्षलाई पत्र लेखे र टेलिफोनमा सबैभन्दा पहिले बोल्दे शव्द हेल्लो राख्न प्रस्ताव गरे ।

उनको प्रस्ताव स्वीकृत मात्र भएन उनी आफैले टेलिफोनमा हेल्लो बोल्न सुरु गरे । जुन पछि सबैले प्रयोग गर्न थाले र अहिलेको अवस्थामा आइपुगेको छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्