| शनिबार, बैशाख ८, २०८१

मिरकोटको पालुङ्गैरा बनमा राती काठ तस्करी !

दरौँदी ः मिरकोटको पालुङगैरा सामुदायिक वनबाट रातीको समयमा काठ तस्करी हुने गरेको पाइएको छ । पालुङटार नगरपालिका १० सो वनबाट रातको समयमा काठ तस्करी हुन थालेको वन उपभोत्ता समितिले जनाएको छ । गत माघ महिनामा आएको हावाहुरीबाट वनका सयौँ रुख भाँचिएपछि सो वन क्षेत्रबाट रातिको समयमा ढलेका रुखको काठ तस्करी हुन थालेको उक्त सामुदायिक बनका अध्यक्ष मेघराज विष्टले बताए । बनमा विभिन्न तीन समयमा ७० क्यूफिट काठ तस्करी गर्नेबाट नियन्त्रणमा लिएपनि तस्कर गर्नेहरु भने फरार भएको उनले जानकारी दिए ।
‘माघमा आएको हावाहुरीले बनका धेरै रुख ढाल्यो’ अध्यक्ष विष्टले भने ‘तीन चोटी गरेर ७० क्यूफिट काठ त नियन्त्रणमा लिइसकियो । कति चोरेर लगे थाहै छैन । अहिले त राती पनि बनमा निरिक्षण गर्ने विशेष टोली तयार गरेर खटाइएको छ ।’
सबै काठ तस्करहरुले काटेको ठाउँबाट अन्दाजी ४० देखि ५० मिटर मुनी रहेको सडकको छेउबाट नियन्त्रणमा लिएको उनले बताए । उक्त काठ स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको हो । तस्करहरु भने भागेको स्थानीयको भनाई छ ।
काठ तस्करी भएको विषयमा गोरखकाली इलाका बन कार्यालय र प्रहरीकोमा खबर गरेपनि बेवास्ता गरेको अध्यक्ष विष्टको आरोप छ । ‘काठ धेरै मात्रामा चोरी नहुनु ठुलो कुरा होइन्’ उक्त बनका उपभोक्ता दिपक विष्टले भने ‘बनमा तस्करी हुन लागेका काठ धेरै थोरै त नियन्त्रण भएकै छ । अब तस्कर गर्नेहरुलाई नै पक्राउ गर्न सबैले चासो दिनुपर्छ । नत्र तस्करहरुले बन सखाप पार्छन् ।’ सम्बन्धित निकायले तस्करी गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने विष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्