| शनिबार, भदौ ७, २०७६

ह्वीलचीयर बास्केटबलमा महिला–पुरुष दुबैमा गोरखाले बाजी मा¥यो

गोरखा ः जिल्लामै पहिलो पटक भएको ह्वीलचीयर बास्केटबल र क्रिकेट प्रतियोतिामा गोरखाले बाजी मारेको छ । बिहीबारबाट गोरखाको हरमटारी स्थित खेलकुद मैदानमामा सुरु भएको प्रतियोगिताको शुक्रबार भएको फाईनलखेलमा महिला पुरुष दुबैमा गोरखाले बाजी मारी उपाधी जितेको हो । दुबै गोरखा टिमले काठमाडौँ टिमलाई हराउँदै उपाधी जितेको हो । दोस्रो स्थान भने महिला तथा पुरुष दुबैको काठमाडौँ टिमले जित्यो । त्यस्तै तेस्रो स्थानमा भने भक्तपुर र ललितपुर टिमले स्थान बनाए ।
ह्वीलचियर क्रिकेटमा भने काठमाडौँ टिमले जित हात पारेको छ । जित सँगै विजेताहरु नगद सहित प्रमाणपत्र, मेडल र ट्रफि हात पारेका छन् ।
अपांगता भएकाहरुले ह्वीलचियर बास्केटबल र क्रिकेट खेलको हुन ्। प्रतियोगितामा पुरुष र महिला गरी ६ टिमको सहभागीता रहेको आयोजाक नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले जनाएको छ । अपांगता भएकाहरु खेल क्षेत्रमा अरु सपांगहरु जस्तै सक्षम छन् भन्ने सन्देश दिनको लागि प्रतियोगिता आयोजना गरिएको संघका महासचिब ऋषीराम ढकालले जानकारी दिए ।
खेलको समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै सबै पक्षले यस्ता प्रतिभा र क्षमतालाई बाहिर ल्याउनु पर्ने बताए । अपांगहरु सांग जस्तै सक्षम र सबल छन भन्ने सन्देश दिन उक्त प्रतियोगिता आयोजना गरिएको ढकालको भनाई छ ।
प्रतियोगीतामा पुरुषको ४ टिम र महिलाको २ टिम सहभागी थिए । त्यस्तै शारीरिक रुपमा अपांग भएकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा हरमटारी क्लब र प्रगतिशील अपाङ्ग संघ गोरखाको सह आयोजक थिए ।
अपांगता भएकाहरुले अब बन्ने संरचनाहरु अपांगमैत्री बनाउन समेत कार्यक्रम मार्फत दबाब दिन लागेको बताएका छन् । हरेक जिल्लामा यस्तै कार्यक्रम गरेर सन्देश गर्ने तयारीमा रहेको ढकालले जानकारी दिए ।
यस अघ विहीबार सुरु भएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरुङले गरेका थिए ।रणसिंह दलको तर्फबाट खेलाडीहरुको समुहलाई खाना खुवाएर सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्