| शनिबार, बैशाख ८, २०८१

हराएकी छोरी २४ वर्षपछि भेटिँदा…

चैत २१, २०७४ चीनका एक ट्याक्सी चालकले सडकबाट हराएकी छोरीलाई साढे दुई दशकपछि फेला पारेका छन्। फलफूल व्यापारी वाङ मिङ र उनकी पत्नी ली यूले सन् १९९४ सडकपेटीबाट हराएकी छोरी २४ वर्षपछि पत्ता लगाएका हुन्।  सडकमा फलफूल बेच्दै गर्दा मिङ ग्राहकलाई खुद्रा पैसा दिन अर्को पसलमा गएका थिए त्यही समयमा उनकी छोरी क्वी फिङ हराएकी थिइन्। छोरी हराएपछि मिङले ट्याक्सी चलाउन थाले।

सेवा लिएका १४ लाख यात्रुलाई ट्याक्सीको ढोकामा हस्ताक्षर गर्न लगाई उनले छोरी खोजिदिन आग्रह गरेका थिए। त्यो खबर एक पटक स्थानीय पत्रिका र टेलिभिजनमा पनि प्रसारण भएको थियो। एक स्थानीय प्रहरीले छोरीको अनुमानित ‘स्केच’ तयार पारे। उक्त तस्विरको सहायताले मिङले अाफूभन्दा २७ हजार माइल टाढा जिलिन शहरमा रहेकी छोरीलाई पत्ता लगाएरै छाडे। फिङका अाश्रयदाताले सडकपेटीमा अलपत्र भेटिएकी बच्चीलाई लगेर पालनपोषण गरेको बताए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्