| बुधबार, कार्तिक २७, २०७६

चिनियाँ राष्ट्रपति सि जिन पिङ नेपालमा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गरेकी हुन् । राष्ट्रपतिले स्वागत गरे लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ दिएको छ। राष्ट्रपति सी शनिबार दिउँसो ४: ४५ मा ल्यान्ड भएको एयर चाइनाको विमानमा आएका हुन्। यसअघि चिनियाँ सुरक्षाकर्मी सवार विमान ४:१० मा ल्यान्ड भएको थियो । राष्ट्रपति सी दोस्रो विमानमा आएका हुन्।

राष्ट्रपति पिङको बसोबासको प्रबन्ध होटल सोल्टीमा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्