| शुक्रबार, मंसिर २०, २०७६

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अल्जियर्स,
अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु
अल्जियर्स, ७ असोज (रासस ÷एएफपी) ः अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।
राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।
अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्