| शुक्रबार, अशोज ३, २०७६

एनआरएनएको अभियानका लागि केन्द्रीय उपाध्यक्ष पन्तद्वारा एक करोड सहयोग

गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकाल २०१९–२०२१ का अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले संघको अभियानलाई आगाडि बढाउनका लागि एक करोड प्रदान गरेका छन् । संघका अध्यक्ष भवन भट्टको आग्रह अनुसार संघको खातामा एककरोड रुपैयाँ राखिदिएको उपाध्यक्ष पन्तले जानकारी दिए ।

सँस्थाले सञ्चालन गरिरहेको ठूला योजनालाई निरन्तरता दिन केहि आर्थिक कठिनाई परेकोले सँस्थागत योजना र कार्यलाई जीवन्त बनाउने उद्देश्यले बिनासर्त सहयोग गरेको पन्तले बताए ।

‘सँस्थाको आकार बढ्दै जाँदा जनअपेक्षाहरू पनि बढ्दै जान्छ र सँस्था त्यसप्रति उत्तरदायी हुनुपर्छ । एनआरएनएलाई धनी तथा ब्यापारीहरुको क्लब भनेर चर्चा गरिन्छ’, उनले भने, ‘तर सँस्था संकटमा पर्दा यसलाई समाधान कसले गर्न सक्छ ? र समय कसले दिन सक्छ भन्ने अर्को महत्वपूर्ण सबाल रहन्छ । त्यसैले अध्यक्षज्यूको आग्रहअनुसार सहयोग गरेको हुँ ।’ यसअघि निवर्तमान अध्यक्ष शेष घलेले गोरखा भूकम्पका बेला राहत, उद्धार, पुनस्थापना र पुनर्वासका लागि एक करोड रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्