| शुक्रबार, जेष्ठ २३, २०७७

नेपाली कांग्रेस गोनपा ३ द्वारा नगरपालिकालाई राहत सहयोग

नेपाली कांग्रेस गोरखा नगरपालिका वडा नम्बर ३ को समितिले गोरखा नगरपालिकालाई राहत प्रदान गरेको छ । नगरपालिकाले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएकाहरुलाई एकद्वार प्रणालीबाट राहत दिने योजना ल्याएपछि वडा समितिले १५ बोरा चामल र २ बोरा दाल कार्यालयमा हस्तान्तरण गरेको स्थानीय प्रविण बस्नेतले बताए । वडा सभापति काजिराम अधिकारीले नगरप्रमुख राजनराज पन्तलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्