| बिहिबार, चैत्र १५, २०८०

लक्ष्मीबजारको पिपलबोट गाउँ प्रवेशद्वारमा ‘तगारो’

 

कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखाको एक टोलका बासिन्दाले प्रवेशद्वारमा तगारो हालेका छन् ।

गोरखा नगरपालिका ९ चिसापानी डाडागाउँका बासिन्दाले मूल सडकबाट गाउँ प्रवेश गर्ने पिपलबोटचोकमा बारबन्देज गरेका हुन् ।

पिपलबोट युवा क्लव र चिसापानी डाँडागाउँ टोल विकास संस्थाको संयुक्त निर्णयले तगारो हालिएको क्वलका अध्यक्ष सुकन श्रेष्ठले बताए । ‘सरकारले लकडाउन गरेको छ तर हाम्रो गाउँमाचाहिँ एकदम धेरै चहलपहल बढ्यो’, क्लवका अध्यक्ष श्रेष्ठले भने, ‘त्यही भएर टोल विकास संस्था र क्लवको बैठक गरेर बिहिबार बिहानदेखि बाटो बन्द गरेका हौं ।’

सबैको सहमतिमा बारबन्देज गरेको उनले बताए ।

सो टोलमा ७५ घरधुरी छन् । गाउँकै मायाले तगारो लगाएको उनले बताए ।

उनीहरुले सडकमै खाँबा गाडेर बाँसको घनाले बारेका छन् । अब सरकारले लकडाउन नखुलाएसम्म तगारो नहटाउने क्लवले जनाएको छ ।

‘कसैलाई इमर्जेन्सी प¥यो र एम्बुलेन्स ल्याउनु प¥यो भने सम्पर्क गर्न भनेर युवा क्लवको अध्यक्ष र टोल विकास संस्थाको अध्यक्षको नम्बर पनि त्यहाँ लेखेका छौं’, श्रेष्ठले भने, ‘सम्पर्क गरे भने चौबीसैघण्टा उद्धारका लागि खटिने सल्लाह भएको छ ।’

प्रतिक्रिया दिनुहोस्