
श्रीमती विदेशबाट गर्भ बोकेर फर्किएपछि…
श्रीमान र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन्। गलैँचा फयाक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कृत भएर गर्भवती भएकी छन्।
आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ुएकलासको बाटो थियो। पछाडिबाट एकजनाले आँगालो हाल्यो र लडायो। अनि रुमालले मुख थुलेर बलात्कार ग¥यो। उसले मलाई जे जे गर्नुथियो, सक्यो अनि छाडेर भाग्यो। वरिपरी कोहि थिएन। मैले न्याय नपाउने डरले यो घटना कसैलाई सुनाइन।ु
९ दिनअघि श्रीमान र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा उनी भौतारिरहेकी छन्। उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय छोरा छन्। उनले भनिन्, ुपैसा कमाएर आएको भए प्यारो हुन्थेँ होला, पीडामा परेर फर्किंए, अहिले घर निकालिएँ।ु
१९ महिनामा धनमायाले परिवार र नन्दका नाममा कमाएको २ लाख रुपैयाँ पठाएकी थिइन। अहिले त्यो रकम पनि उनको हातमा छैन।
धनमायाँ ९ दिनअघि घरनिकाला भएपछि कचलकवल गाउँपालिका पथरीयाकोे माइती घरमा आश्रयमा छिन्।
राजधानी दैनिकबाट