
स्वाँरामा भएको शिविरमा तीन सय बढीले सेवा लिए
बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ स्वाँरामा सम्पन्न वृहत स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा लिएका छन् । गाउँपालिका र हेड्स नेपालको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा शनिबार सम्पन्न भएको शिविरमा तीन सय २० जनाले सेवा लिएका हुन् ।
एक दिने शिविरमा सामान्य स्वास्थ्य परिक्षण, स्त्री रोग लगायत स्वास्थ्य समस्याको उपचार गरिएको पालिकाले जनाएको छ । शिविरमा चिरायु अस्पताल बसुन्धरा काठमाडौंका स्त्रीरोग र जनरल फिजिसियन सहितको विशेषज्ञ टोली सेवा दिएका पालिकाको भनाई छ । पालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएका मध्य १४ जना जटिल बिरामीलाई सम्बन्धित निकायमा रेफर समेत गराएको छ ।




