
अठारसय खोला तमु समाजको अध्यक्षमा धनबहादुर
गोरखाको अठार सय तमु समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न समाजको पहिलो अधिवेशनले धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा माया गुरुङ र सुरेश गुरुङ रहेका छन् । त्यस्तै सचिवमा पुनम गुरुङ, कोषाध्यक्षमा डिलमाया गुरुङ, सहसचिवमा होममाया गुरुङ र सहकोषाध्यक्षमा विष्णु गुरुङ रहेका छन् ।
अधिवेशनले समाजका सदस्यहरुमा जस्मिन गुरुङ, विकास गुरुङ, विसानी गुरुङ, सुनिया गुरुङ, चित्रामाया गुरुङ, कान्छालाल गुरुङ, जसमाया गुरुङ, देशबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, लालमाया गुरुङ सर्वसम्मत चयन भएका सन्तबहादुर गुरुङले जानकारी दिए ।
अठारसय खोलामा प्रचलित कला, भाषा, संस्कृतिको संरक्षण, विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस समाज गठन भएको उनले बताए ।