| आइतवार, बैशाख १४, २०८२

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती मनाए (फोटो फिचर)

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती पर्व मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले १३ औँ अधिवेशनको अवसरमा बृहत कार्यक्रम गरेर माघेसक्रान्ती पर्व मनाएको अध्यक्ष बिष्णु राना मगरले बताए ।


‘यो मगर समुदायको राष्टिूय सांस्कृतीक चाड हो’ उनले भने ‘गाउँगाउँबाट मगर समुदायका मानिसहरु सदुरमुकाममा भेला भएर, झाँकी,¥याली सहित माघेसक्रान्ती भब्य भयो ।’ झाँकी ¥यालीले गोरखा बजार परिक्रमा गरेको थियो ।


गोरखा सदरदमुकामा भेला भएका मगरहरुले बाजागाजा, बिभिन्न संस्कृती झल्कने कौरा, चुड्का, घाँटु लगायतका नाच प्रस्तुत गरेका थिए । पञ्चेबाजामा छमछमी नाच्नेहरुको कमी थिएन । आफ्नै जातिय पहिचान झल्कने भेषभुषा र गरगहना पहिरिएर महिला, पुरुष सबै माघि मनाउन जुटेका थिए । मगर समुदायको पहिचान झल्कने नृत्यू पनि प्रस्तुत गरिएको थियो । आफ्नो संस्कार संस्कृती अनुसारको खानपानको पनि मगर समुदायले बन्दोबस्त गरेका थिए ।


सयौँको संख्यामा हरमटारी खेलमैदानमा माघेसंक्रान्ती मनाउन मगर समुदाय भेला भए । ‘मगर समुदायले आफ्नो धर्म, संस्कृती परम्परा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, यो हाम्रो पहिचान हो’ मगर संघ गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले भने ।


कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, आदीबासी जनजाती महासंघका सचिव दिनेश तमु, सचिव पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।


सोही अवसरमा नेपाल मगर संघलाई सहयोग गर्ने र राष्टूकालागि योगदान गरेकाहरुलाई सम्मान गरेको सचिव अशोक राना मगरले बताए । मगर संघ जिल्ला समन्वय समिति गोरखाको १३ औँ अधिवेशनले सोमवार नयाँ कार्य समिति चयन गर्ने र बन्द सत्र मगर संघको भबनमा हुने उनले जानकारी दिए ।