| शनिबार, फाल्गुन १, २०८२

आजबाट एसईई सुरु, ४४ सय ७७ जना परिक्षार्थी सहभागि हुँदै

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई आज (बिहिबार)बाट सुरु भएको छ । एसईईमा जिल्लाबाट यस वर्ष नियमित र ग्रडबृद्धि गरि ४४ सय ७७ जना विद्यार्थीहरु सहभागी हुँदै छन् । जसमध्ये नियमित परीक्षा दिनेहरुमा साधारणतर्फ ३४ सय ४१ जना र प्राविधिकतर्फ ९९ जना रहेका छन् । यस्तै, गे्रडवृद्धिको परीक्षा दिनेहरुमा साधारणतर्फ नौ सय १६ जना र प्राविधिकतर्फ २१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

प्राविधिक धारको एईई परीक्षा दिनेहरुका लागि लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा परीक्षा केन्द्र कायम गरिएको इकाईका सूचना अधिकारी दिपक सिर्मलले बताए । प्राविधिक धारमा नियमिततर्फ ९९ जना र ग्रेडवृद्धितर्फ २१ जना एसईई परीक्षामा सहभागी हुने उनले जानकारी दिए । यो वर्षका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्रहरु तोकिएको उनले बताएका छन् ।

सदरमुकामको महेन्द्रज्योति मावि, शक्ति मावि, सरस्वती मावि, महालक्ष्मी मावि लक्ष्मीबजार, रत्नराज्य मावि बिरन्चोक र महेन्द्र मावि कुन्दुरटारलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । पालुङटारको भवानी मावि ठाँटीपोखरी, जीवनज्योति मावि च्याङ्लीलाई पनि परीक्षाकेन्द्र बनाइएको छ । परीक्षा केन्द्र तोकिएको छ ।

सिरानचोकको महेन्द्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रलीला मावि हर्मी, परोपकार आदर्श मावि जौवारीलाई परीक्षाकेन्द्र बनाइएको छ । त्यस्तै अजीरकोटका परीक्षार्थीहरुका लागि हिमालय मावि सिमजुङ केन्द्र तोकिएको छ । बारपाक सुलिकोटस्थित हिमालय मावि सौरपानी र सूर्यज्योति मावि ताकुकोट, भीमसेनथापा गाउँपालिकाका परीक्षार्थीका लागि दुल्लभ मावि घ्याम्पेशाल, सरस्वती मावि बोर्लाङ र संस्कृत मावि तान्द्रङलाई परीक्षा केन्द्र तोकिएको छ ।

यसैगरी, आरुघाट गाउँपालिकाका लागि भिमोदय मावि आरुघाट र गण्डकी मावि आर्खेतलाई परीक्षा केन्द्र कायम गरिएको छ । धार्चे गाउँपालिकाका परीक्षार्थीका लागि भने जनजागृती मावि माछिखोला परीक्षा केन्द्र तोकिएको छ । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि घ्याल्चोक र ताङ्लिचोक मावि ताङ्लिचोकमा परीक्षा केन्द्र तोकिएको छ ।

सहिदलखन गाउँपालिकाका परीक्षार्थीका लागि भगवती हिमालय मावि घैरुङ र मनकामना मावि मनकामनामा परीक्षा केन्द्र तोकिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र तोकिएको छैन । त्यहाँका वुद्ध मावि र ल्हो माविका परीक्षार्थीहरुका लागि गण्डकी मावि आर्खेतमा परीक्षाकेन्द्र कायम गरिएको कार्यालयले जनाएको छ ।
बिहान ८ बजेबाट सुरु हुने परिक्षा चैत १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्