| शनिबार, फाल्गुन १, २०८२

बहुगोत्री मिलन समाज गोरखाको अध्यक्षमा ढुङ्गाना

विभिन्न स्थानबाट गोरखा बजारमा बसोबास गर्न आएका तागाधारी समूहको संस्था, बहुगोत्री मिलन समाज गोरखाको अध्यक्षमा राजन ढुङ्गाना चयन भएका छन् । संस्थाको गत बिहिबार सम्पन्न १७ औँ साधारण सभा तथा ७ औँ अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा मैया दाहाल, सचिबमा प्रदीप क्षत्री, कोषाध्यक्षमा मेघनाथ लामिछाने र सदस्यहरुमा शिवराम अर्याल, किरण ढकाल, बाबुराम तिवारी, संगिता लामिछाने, रामबहादुर खड्का, रञ्जना पोखरेल र धु्रव अधिकारी रहेका छन् ।
नवनिर्वाचित समितिले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै अन्तिम दाहसंस्कार तथा अन्त्यष्टीको कार्यक्रममा संस्थाका सदस्यहरुले अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने निर्णय गरेको छ ।

बहुगोत्री मिलन समाजका निवर्तमान अध्यक्ष सरोज पोखरेलको अध्यक्षता एवं जेष्ठ सदस्य देवी प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा निर्वाचन अधिकारी चेतप्रसाद अम्गाई, प्याव्सनका केन्द्रीय सदस्य सिताराम तिवारी, रोटरी क्लव अफ गोरखाका निवर्तमान अध्यक्ष कृष्ण ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्