
गोरखा अस्पतालको अध्यक्षमा जिसस प्रमुख थापा
गोरखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा नियुक्त भएका छन् । प्रदेशको ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८०’ अनुसार शुक्रबार अध्यक्ष थापासहित सबै पदमा संस्थागत प्रतिनिधि नियुक्त गरिएको हो ।
समितिको सदस्यहरुमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, प्रमुख कोष तथा लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के रहेका छन् । अस्पतालको सदस्य सचिवको रुपमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनाल छन् ।
अस्पतालले शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ कार्यसमितिको स्वागत तथा निवर्तमान समितिलाई कदरपत्र सहित बिदाई गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब विश्वबन्धु बगाले, चिकित्सक महाशखाका प्रमुख रमेशकुमार केसी, वरिष्ठ लेखा अधिकृत इन्द्रकमल सिग्देल, प्रकाश बराल, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लालप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




