
रानिपोखरी परिसरमा गोरखा मल्टिट्यालेन्ट ग्रुपको होली कार्यक्रम हुने
गोरखा नगरपालिका– ६ स्थित रानिपोखरी परिसरमा होली कार्यक्रम हुने भएको छ । गोरखा मल्टिट्यालेन्ट ग्रप (जिएमजी) को आयोजना तथा दाह्री ग्याङ गोरखाको सहआयोजनामा रानिपोखरीमा जिएमजि होली ग्य्रण्ड इभेन्ट–५ हुने भएको हो ।
जिल्ला भित्रका स्थानीय कलाकारको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले युवा लक्षित कार्यक्रम कार्यक्रम गर्न लागिएको जिएमजि व्याण्डको अध्यक्ष साजन गुरुङले बताए । शनिबार पत्रकार सम्मेलन गरी इभेन्ट हुनेबारे उनले जानकारी गराएका हुन् । कोरोनाको करण जिएमजि व्याण्डको होली कार्यक्रम केहीबर्ष स्थगित रहेको उनले जानकारी दिए । उनका अनुसार कोरोना पछिको यो पाँचौं संस्करण जिएमजि व्याण्डकोपहिलो कार्यक्रम हो ।
‘हामीले स्थानीय कलाकारको प्रतिभालाई प्रस्फुटन गराउन युवा लक्षित कार्यक्रम गर्न लागको हौं,’ उनले भने, ‘यसमा कला हुने हरकोहीले आफ्नो कला प्रस्तुत गर्ने मौका पाउने छ, हामीले त्यहीँ मौका प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो ।’ कार्यक्रममा सहभागीभई बिजयी हुनेहरुलाई पुरस्कारको समेत व्यवस्थापन गरेको अधयक्ष गुरुङले बताए ।
सिरेटो व्याण्ड गोरखा धारापानीका सञ्जित श्रेष्ठ सहितको ग्रुप, धारापानी गाइज, गोरखा सेवा समाज फ्रान्स, बैदेशीक रोजगारमा भएका जिएमजी व्याण्डका सदस्यहरुको आर्थिक सहयोगरहेको आयोजकले जनाएको छ । कार्यक्रममा जिएम जी व्याण्ड, जिधान एन द युनाइटेड सेभेन, पृथ्वी गुरुङ, विक्रमराज श्रेष्ठ, कुशल घोताने लगायतको सहभागी हुने उनले बताए ।
द सिरेटो व्याण्डले २०५० सालदेखि जिल्लामा कन्सर्ट गर्दैै आइरहेको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म हुने बताएको छ । इभेन्टको लागि १ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको जिएमजीका अध्यक्ष गुरुङले बताए । कार्यक्रमलाई करिब ५०० जना अवलोकन गर्नेे अनुमान छ ।




