
जबरजस्ती करणी आरोपमा पक्राउ परेका दिपेन्द्र दास तत्मा कारागार चलान
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रौतहट, घर भई हाल हेटौडा उपमहा नगरपालिका ४, मकवानपुर बस्ने दिपेन्द्र दास तत्मालाई कारागार चलान गरिएको छ ।
२१ वर्षीय तत्मालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
११ वर्षीय नाबालिकालाई गत साउन १ गते गोरखा सदरमुकाम ल्याई बलजफ्ती जबरजस्ती करणी गरेको आरोपमा तत्मा पक्राउ परेका हुन् ।
उनलाई साउन २१ गते पक्राउ गरी पीडितको आफन्त मार्फत जाहेरी दरखास्तसहित साउन २२ गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो ।
उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।