| शनिबार, जेष्ठ ४, २०८२

स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

लायन्स क्लब अफ गोरखा डाइमण्डले स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । पाँच दिन बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउने बताएको क्लबले पहिलो दिन मंगलवार रक्तदान कार्यक्रम गरेको हो । गोरखा अस्पतालको प्रङ्गणमा भएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् ।

गोरखा अस्पतालमा रगत अभावमा बिरामी बाहिरी जिल्ला जान नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष बिकासबाबु परियारले बताए । दोस्रो दिन आज सशस्त्र प्रहरी बल २९ गुल्म गोरखा परिसरमा वृक्षरोपण गरिने क्लबले जनाएको छ । तेस्रो दिन विद्यालयमा स्टेशनरी वितरण, चौथो दिन लायन्सबीच फेलोसिप कार्यक्रम र पाचौँ दिन क्लबको कार्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

क्लबका अध्यक्ष परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापति भिमसेनकाजी बानियाँ, शितलकाजी मास्के, भागवानबाबु मास्के, अयोध्या जोशी, सविन खत्री लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्