| शनिबार, जेष्ठ ४, २०८२

द्रव्यशाहमा मेहेन्दी लगाउने प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा मेहेन्दी लगाउने प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को आयोजनामा प्रतियोगिता भएको हो ।

सोमवार भएको प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू रेश्मा गुरुङ र प्रिती गुरुङको जोडी पहिलो बनेको छ । बिएड प्रथम वर्षका इन्द्रा गुरुङ र खुसी गुरुङको जोडी दोस्रो, बिबिएस तृतीय वर्षका शुस्मा गुरुङ र प्रनिशा कार्कीको जोडी तेस्रो र बिएड तेस्रो वर्षका दिपा तिवारी र लुना माया रानाको जोडीले सान्त्वना स्थान हासिल गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

उनीहरुलाई नगद पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । प्रतियोगितामा २० जोडीको सहभागिता रहेको थियो । प्रतियोगितामा सपना श्रेष्ठ र सिजना श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्