
रक्तदान कार्यक्रम सम्पन्न
गोरखा नगरपालिका वडा नम्वर ११ मा शनिवार रक्तदान कार्यक्रम भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
कुल ४१ पाउण्ड रगत संकलन भएको समाजका जिल्ला उपाध्यक्ष सुरेन लामिछानेले बताए । संकलित रकम रक्त संचार केन्द्रलाई बुझाइएको उनले जानकारी दिए । कार्यक्रममा नेपालको सर्वाधिक रक्तदाताका रुपमा चिनिने प्रेमसागर कर्मचार्यलाई सम्मान गरिएको छ । समाजका केन्द्रिय अध्यक्ष समेत रहेका उनलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको हो ।
शनिवारको रक्तदानसहित उनले हालसम्म १ सय ७९ पटक रक्तदान गरिसकेका छन् । वडा नम्वर ११ को कार्यालयमा भएको रक्तदान कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडाध्यक्ष रामबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।