
हराएको ६ थान मोबाइल फेला, सम्बन्धित धनीलाई बुझाइयो
जिल्ला प्रहरी कार्यालय गोरखाले हराएको छ थान मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका उक्त मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाईको कार्यालयले जनाएको छ ।
‘मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको आधारमा खोजतलास ग¥यौ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘केही मोवाइलहरु गोरखासँगै चितवन, धादिङ, काठमाण्डौँ, तनहुँ लगायतका स्थानमा व्यक्तिहरुले चलाइरहेको अवस्थामा फेला पारेर बरामद गरेर ल्यायौ ।’
स्याम्सुङ, रेडमी र भिभो कम्पनीको मोबाइल फोन बरामद गरिएको र उक्त फोन बिहीवार सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।