| आइतवार, बैशाख १४, २०८२

सवारी चालक अनुमति पत्र किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

सवारी चालक अनुमति पत्र किर्ते मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला भएपछि फरार रहेका गोरखा नगरपालिका वडा नं. १३ बस्ने ३७ वर्षिय राजु नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सवारी चालक अनुमति पत्र किर्ते मुद्दामा ११ महिना १८ दिन कैद र रु.५० रुपैँया तोकी फरार रहेका नेपालीलाई पक्राउ गर्न बिशेष टोली गठन गरी परिचालन गरिएको गोरखाका प्रहरी नायब उपीिक्षक रमेश कुमार श्रेष्ठले बताए ।

उक्त टोलीले नेपालीलाई मंगलबार पक्राउ गरी तोकिएको कैद असुल उपरको लागि जिल्ला अदालत गोरखामा पठाएको थियो । अदालतको आदेशानुसार उनलाई कैद भुक्तानको लागि कारगार पठाएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्