| आइतवार, बैशाख १४, २०८२

श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ बालुवा बस्ने ३१ वर्षीय कुमार सार्कीलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘यही असार २६ गते सुनिता नेपाली (२६ बर्षीया) ले आफ्नै घरभित्र सलको पाँसो लगाई झुण्डिएको भनी प्रहरीलाई खबर आयो,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘उनका श्रीमान कुमारले झुण्डिएको अवस्थामा देखेको र पाँसो काटी हेर्दा उनको मृत्यु भईसकेको बताएका थिए ।

’ शव पोष्टमार्टम गरि घटनाको सुक्ष्म अनुसन्धान गर्दा कुमारले कुटपिट गरि उनका श्रीमती सुनिताको हत्या गरेको र घटना लुकाउन सलको पाँसो लगाएर झुण्ड्याएको खुल्न आएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका कुमारबिरुद्ध आईतबार ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्