| आइतवार, बैशाख १४, २०८२

प्रथम अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मीकी आकृति पहिलो

२११ औँ भानु जयन्तीको अवसरमा आयोजित प्रथम अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी छात्रा आकृति उपरकोटी पहिलो भएकी छन् । उनले ५० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
ग्लोबल गोरखा समाजको आयोजनामा शनिवार जिल्ला सदरमुकाममा भएको ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनशक्ति मावि नाम्जुङकी आरिया गोतामे दोस्रो र भिमोदय मावि आरुघाटका प्रदिप विश्वकर्मा तेस्रो भएका छन् ।
उनीहरुले क्रमश ३५ हजार र २० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको समाजका उपसंयोजक इन्द्रराज भट्टले बताए । प्रतियोगितामा जनकल्याण मावि सिरानचोककी सरस्वती नेपाली र धर्मोदय मावि पालुङटारका सामूयल श्रेष्ठ सान्त्वना भएका छन् । उनीहरुलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिएको भट्टले जानकारी दिए । प्रतियोगितामा जिल्लाका दश स्थानीय तहका १९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।
प्रत्येक स्थानीय तहबाट दुई जनाका दरले (एक जना छात्रा अनिवार्य) कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको थियो । प्रतियोगितामा चुमनुव्री वाहेक अन्य स्थानीय तहका १९ जना बिद्यार्थीको सहभागिता रहेको थियो । ९ देखि १२ कक्षासम्म अध्ययनरत बिद्यार्थीहरु प्रतियोगितामा सहभागी थिए । समाजका नेपाल संयोजक यदु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, गोरखा नगरपालिकका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्