| शनिबार, जेष्ठ ४, २०८२

बाढी पसेर पोखरीमा पालिएको माछा नष्ट

अबिरल बर्षापछि आएको बाढी पस्दा पालुङ्टार नगरपालिका ९ उपल्लो सेराको एक पोखरीको माछा नष्ट भएको छ ।
बिहिबार बिहान साँढे १० बजेतिर स्थानी ढाँडखोलामा आएको बाढीले पालुङ्टार पाँचमुरे खेतमा सञ्चालन गरिएको दिपिका पोल्ट्री एण्ड माछापोखरीको माछा बगाएर नष्ट गरेको माछापोखरीका सञ्चालक गणेश सेढाईँले जानकारी दिए ।
बाढी पसेर पोखरीका चार हजार भन्दा धेरै माछा बगाएको उनले बताए । ‘तीनवटा माछापोखरीहरु छन् । त्यसमध्य सबैभन्दा पुछारको पोखरीमा गत चैतमा ४५ सयवटा भुरा राखेको थिएँ’, उनले भने, ‘त्यसमा भुरा हुर्केपछि अरु दुईवटामा सार्ने योजना गरिरहेको थिएँ तर, सबै बगायो ।’ पोखरीमा कमनकार्प र ग्रासकार्प जातका माछा थिए ।
सेढाईँले २०७४ सालदेखि सो फर्म स्थापना गरी माछा पाल्न सुरु गरेका थिए । माछाफर्ममा खोला पसेर पोखरीमा पनि क्षति गरेको र माछा पनि बगाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्