
गोरखाका डा. विशाल केसी र अमित खत्री सम्मानित
गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी गण्डकी प्रदेशको युवा प्रतिभा पहिचान तथा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । स्वास्थ्य क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेका डाक्टर केसीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलायले नगद रु ५० हजार सहित सम्मान गरेको हो ।
आईतबार प्रदेशको युवा प्रतिभा पहिचान तथा सम्मान कार्याक्रम अन्तरगत स्वास्थ्य, सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकास तर्फ केसीलाई पुरस्कार प्रदान गरिएको बताइएको छ । उनी विगत ६ वर्षदेखि चिकित्सा पेशामा आवद्ध भई गोरखा र तनहुँको विभिन्न अस्पतालहरुमा काम गर्दै आएका छन् ।
यसैगरी, प्रदेशले गोरखा नगरपालिका वडा नं ९ दलभञ्ज्याङ्ग स्थित ‘द ओसन क्लव’का अध्यक्ष अमित खत्रीलाई पनि पुरस्कृत गरेको छ । खत्रीलाई सिर्जनशिल कार्यतर्फ नगद १५ हजार सहित पुरस्कार प्रदान गरिएको हो । उनी गोरखाको फुटबल क्षेत्रको उन्नयनका लागि अहोरात्र खटिरहेका युवा हुन् ।