| शुक्रबार, जेष्ठ २३, २०७७

कृषि मलको सिजन र लकडाउनका बेला आउनसक्ने चुनौती

 

मनिता थापा, (प्रमुख, कृषि ज्ञानकेन्द्र गोरखा) :

नेपालको अर्थतन्त्र विकासमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत रहेको भने अझपनि यहाँका ६० प्रतिशत जनता कृषि पेशामा संलग्न रहेका छन् पछिल्लो समयमा खाद्यन्नलगायत अन्य कृषि उपजको माग बढ्दो

बढ्दो मागलाई सम्बोधन गर्नका लागि कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्नुपर्ने हुन्छ उत्पादन बृद्धि गर्नका लागि उत्पादन सामग्रीहरु जस्तै गुणस्तरीय बीउ, मलखाद, विषादी, कृषि औजार आदिको आवश्यकता पर्दछ यी आवश्यकतामध्ये रासयनिक मलखादले पनि महत्वपूर्ण स्थान ओगटेको

बालीबस्तुलाई हुर्कन, बढ्न तथा उत्पादन दिनका लागि विभिन्न १८ किसिमका खाद्यतत्वको आवश्यकता पर्दछ ती तत्वमध्ये नाइट्रोजन, फस्फोरस तथा पोटास खाद्यतत्व अन्य खाद्यतत्वको तुलनामा बढी मात्रामा आवश्यक पर्दछन् यी खाद्यवस्तुको आवश्यकता प्राङ्गारिक मल तथा रासयनिक मलखादको प्रयोगबाट पूर्ति हुने गर्दछ प्राङ्गारिक मलको प्रयोगबाट बिरुवालाई आवश्यक खाद्यतत्व पुर्ति हुन बढी समय लाग्ने तर रासयनिक मलखादको प्रयोगबाट बिरुवाले आवश्यक खाद्यतत्व सजिलै प्राप्त गर्ने हुनाले कृषकहरुको रासयनिक मलप्रति अभिरुचि बढ्दै गएको ।बढी प्रयोग हुने रासयनिक मलहरुमा युरिया (नाइट्रोजनका लागि) ,डिएपी (नाइट्रोजन फस्फोरसका लागि) म्युरेट अफ पोटास (पोटासका लागि) पर्दछन्

नेपालमा एउटा पनि रासयनिक मल कारखाना नभएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारले अन्य राष्ट्रबाट आयात गरी यसको मागको सम्बोधन गर्दै आएको एक वर्षमा नेपालमा करीब लाख मेट्रिकटनको हाराहारीमा रासयनिक मलको माग हुने गरेको भने नेपाल सरकारले वर्षेनी देखि लाख मेट्रिकटन बराबरको परिमाणको मल आयात गरी आपूर्ति व्यवस्थापन गर्दै आएको यो व्यवस्थापनका लागि चालु आर्थिक बर्षमा करीब आठ अर्ब वजेट नेपाल सरकारले विनियोजन गरेको जुन कृषि क्षेत्रका लागि छुट्याइएको बजेटको २० प्रतिशत हुन आउँछ नेपालमा हाल औसत रासयनिक मलको प्रयोग करीब १५० के.जी. प्रति हेक्टर रहेको रासयनिक मलखादको आयात, विक्रीवितरण व्यवस्थापन, गुणस्तर नियमन तथा नीति निर्माण लागि रासयनिक मल नियन्त्रण आदेश २०५५ राष्ट्रिय मल नीति २०५८ ले व्यवस्था गरे बमोजिम हुने गरेको त्यसैगरी जिल्लाभित्र रासयनिक मल आपूर्ति, गुणस्तर नियमन तथा यससँग सम्बन्धित थप कामकारबाहीका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रासयनिक मल आपूर्ति समितिको व्यवस्था भएको

सरकारी स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत नेपालमा रासयनिक मलको आयात तथा विक्रीवितरण भईरहेको कृषि सामग्री कम्पनी लिमिटेड साल्ट ट्रेडिङ्ग कर्पोरेशनले विभिन्न जिल्लामा रहेका आफ्ना शाखा कार्यालय तथा डिलरसीप लिएका सहकारीहरु मार्फत मलको विक्रीवितरण गर्दै आएको

गोरखा जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शाखा कार्यालय नभएका कारण चितवनमा रहेका शाखा कार्यालयले गोरखा जिल्लाका डिलरसीपप्राप्त सहकारीमार्फत मलको विक्रीवितरण गर्दछन् ।पालुङ्टार नगरपालिकाका डिलरसीप प्राप्त सहकारीलाई भने दमौलीमा रहेको शाखा कार्यालयले आपूर्ति गर्दै आएको ।गोरखा जिल्लाभरमा झण्डै ५० जति सहकारीहरुले कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट रासयनिक मल ल्याइ विक्रीवितरण गर्नका लागि डिलरसिप लिएको अवस्था भएतापनि २३ वटा सहकारीहरुले नियमित आपूर्ति गरी (आफ्नो कार्यक्षेत्रमा विक्रीवितरण गरिरहेको अवस्था

व्यवहारिक हिसाबले सबैभन्दा बढी रासयनिक मल प्रयोग गरिने बालीहरु जस्तै धान लगाउने समय नजिकिँदै गरेको तथा मकै लगाउने बेला भैसकेको कारणले गर्दा पनि यस समयमा रासयनिक मलको माग बढी हुने गरेको समयमा आपूर्ति तथा व्यवस्थापन गर्न नसके उत्पादनमा गिरावट आई खाद्यन्न सङ्कट पर्ने सम्भावना हुन्छ

गोरखा जिल्लामा चालु आर्थिक बर्ष मा हालसम्म करीब सातसय मेट्रिकटन रासयनिक मल भित्रिसकेको तथ्याङ्क भने अहिले मूख्य सिजन भएकाले थप परिमाणमा मल भित्रिने क्रम जारी रहेको

रासयनिक मल आयात गरिएको विन्दूमा तोकिएको मूल्यमा ढुवानी मूल्य जोडेर रासयनिक मलको मूल्य तोक्नुपर्ने व्यवस्था रहेको त्यसैगरी कुनै पनि सहकारीले एकपटकमा ल्याएर कारोबार गर्नसक्ने मलको परिमाण सम्बन्धित स्थानीय तह वा कृषि ज्ञान केन्द्रको सिफारिस बमोजिम हुने व्यवस्था गोरखा जिल्लमा सिफारिस गर्ने कार्य कृषि ज्ञान केन्द्रले गर्दै आएको कृषि ज्ञान केन्द्र गोरखाले साधारणतया एकपटकमा २१ मेट्रिक टन रासयनिक मलका लागि सिफारिस गर्ने गरेको त्यो परिमाणको मल कृषि सामग्री कम्पनी वा साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट ल्याई न्यायोचित मूल्यमा विक्रीविरण गरेको सम्पूर्ण विवरण पेश गरेपश्चात थप परिमाणको लागि सिफारिस गर्ने गरेको

कोभिड १९ महामारीबाट सिर्जित लकडाउनका कारण बाहिरबाट मल आयात गर्ने क्रम पछाडि धकेलिएसँगै देशभित्र रहेको स्टक मलबाट मुलुकभरको मलको मागलाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको एकातिर तयारी खाद्यवस्तुको आयात नहुने अर्कातर्फ रासयनिक मल लगायतका अन्य आवश्यक कृषि सामग्रीको उचित व्यवस्थापन नभएमा कृषि उपज उत्पादन घट्न गई खाद्यन्न सङ्कट तथा भोकमरी जस्ता विकराल अवस्था सिर्जना हुन सक्ने भएकाले जिल्लाभित्र उपलब्ध भएको रासयनिक मलखादलाई न्यायोचित रुपमा वितरण गर्नुपर्ने आजको आवश्यकता रहेको त्यसैले मल विक्रीवितरणमा संलग्न कृषि सहकारीहरुले यो बेलामा अझ बढी संयम भएर कारोबार गर्नुपर्ने अवस्था रहेको ।लकडाउनबाट सिर्जित असहज परिस्थितिलाई मौकाको रुपमा लिएर मूल्य, परिमाण, गुणस्तर लगायतमा अनियमितता गर्नुहुँदैन आम कृषकहरुले पनि स्टकमा राख्ने उद्देश्यले धेरै मल खरिद गरेर बजारमा अभाव सिर्जना गर्नुहुँदैन अरुको आवश्यकतालाई पनि आफ्नो आवश्यकता जसरी बुझ्नुपर्ने समय आएको

सङ्कटको यस घडीमा कृषि ज्ञान केन्द्र गोरखाले स्थानीय तहहरुसँग समन्वय गरी रासयनिक मलखाद आपूर्ति तथा व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्दै आएको ।सदरमुकाम आसपासमा रहेका मलको कारोबार गर्ने सहकारीहरुलाई गोरखा बजारबाट टाढा रहेका स्थानहरुमा पनि मलको सहज आपूर्तिका लागि त्यहाँ अवस्थित स्थानीय तहले सिफारिस गरेका सहकारीहरुसँग समन्वय गरेर लकडाउन अवधिभर विक्रीवितरण गर्न सकिने प्रावधान मिलाएको ।यसका अलवा जिल्लाभित्र भएको मलको कारोबारको नियमनको पनि काम गर्दै आएको ।रासयनिक मलखाद आपूर्ति, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहको पनि उतिकै भूमिका रहेको छ।मूल्य, परिमाण, गुणस्तर लगायत यससँग सम्बन्धित अन्य विषयमा अनियमितता भएमा कानुन बमोजिमको कारबाहीको प्रकृया पनि अगाडि बढाउने प्रावधान रहेको

अतः आफ्नै देशमा उत्पादन नहुने आयातित रासयनिक मलमा भर पर्नुपर्ने अवस्था रहेकाले यसको आपुर्ति तथा प्रयोगमा मितव्ययिता ल्याई सन्तुलित प्रयोगमार्फत कृषि उपज उत्पादनमा बृद्धि गरी सम्भावित खाद्यन्न संकटलाई न्युनिकरणतर्फ लाग्न एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको

 

प्रतिक्रिया दिनुहोस्