| शनिबार, बैशाख ८, २०८१

गोरखा नगरपालिकाद्वारा १४ वटै वडाका श्रमिक महिलाहरुलाई सम्मान

गोरखा नगरपालिका गोरखाले एक सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अवसर पारेर श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ । हरेक वडाबाट एक/एक जना प्रतिनिधिमुलक रुपमा अहिले पनि आफैँ श्रम गरेर गुजारा गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगर उपप्रमुख बिना कुमारी श्रेष्ठले बताईन । ‘श्रम प्रतिको सम्मान गर्दै अरु महिला दिदी बहिनीहरुलाई पनि काममा प्रेरित गराउन सम्मान गरेका हौँ’ उनले भनिन् ।
गोरखा नगरपालिका १ बाट हलिमा खातुन, २ बाट जुना परियार, ३ बाट राधिका कोईराल, ४ बाट राधा रम्तेल, ५ बाट जुना मग्राती, ६ बाट पदमकुमारी श्रेष्ठ, ७ बाट चिनिमाया सर्किनी, ८ बाट मनमाया परियार, ९ बाट पूर्ण कुमारी राना, १० बाट पुतलसी सुर्खेती, १२ बाट ज्योती राई, १३ बाट देउती पन्थ र १४ बाट कान्छीमाया नेपाली सम्मानीत भएका हुन् । दोषल्ला र नगद एक हजार ५० रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएको गोरखा नगरपालिकाकी अम्बिका घिमिरे (उपाध्याय) ले जानकारी दिईन ।
वृहत रुपमा ¥याली सहित कार्यक्रम तय गरेको गोरखा नगरपालिकाले कोरोना भाईरसबाट सचेतना अपनाउन जिल्लामा मानिस धेरै भेला हुने कार्यक्रम नगर्न प्रशासनले अनुरोध गरेपछि नगरपालिकाको कार्यालयमै सम्मानीत हुने महिलाहरुलाई मात्र बोलाएर कार्यक्रम गरिएको थियो । नगरउपप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले हिजो भन्दा आज ब्यवाहारमा पनि महिलाहरुको हक अधिकार धेरै प्राप्ती भएको बताउँदै उपलब्धीको रक्षा गर्दै अघि बढ्नुपर्ने बताए । ‘संविधानले पनि महिलाहरुको हक अधिकारको बारेमा प्रष्ट बोलेको छ’ उनले भने ‘अब यसलाई कार्यन्वयन गर्न गराउन महिलाहरुले आवाज बुलन्द बनाउनुपर्छ ।’ नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा एकिकरण नेपाल, स्वाँरा सघन गाउँबिकास केन्द्र, पद्धती बिकास सेवा केन्द्रले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्