| बुधबार, चैत्र २६, २०७६

द्रब्यशाह क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुको स्वागत

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहिवार बिविध साँस्कृतिक कार्यक्रम गरेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रविन बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा नगरप्रमुख पन्तले वडा र क्याम्पसको सहयोगमा निर्माण भएको क्यान्टिन उद्घाटन गरेका थिए ।
स्ववियूको सक्रियता तथा खानेपानी तथा ढल निकास कार्यालय लमजुङको आर्थिक सहयोग र खानेपान तथा सरसफाई डिभिजन कार्यालय गोरखाका पूर्व डिई रत्न लामिछानेको समन्वयमा निर्माण भएको फिल्टर सहितको पानीघरको पनि उद्घाटन गरिएको छ ।


कार्यक्रममा विषेश अथिति क्याम्पस सञ्चालक समितिका अध्यक्ष धिरजबहादुर मास्के, नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रिय उपाध्यक्ष डिल्लिराम सुवेदी, गोरखा नगरपालिका ९ का वडा अध्यक्ष कुलबहादुर कुँवर, क्याम्पस प्रमुख रामचन्द्र दवाडी, सहायक क्याम्पस प्रमुख एकदेव अधिकारीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा शहीद लखन गाउँपालिका ७ का वडाअध्यक्ष तथा पूर्व स्ववियू उप सभापति शरण श्रेष्ठ, कर्मचारी संघका अध्यक्ष सुजन कुँवर, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ, स्थानीय संघ संस्थाको तर्फबाट गोरखकाली बचत तथा ऋण सहकारी संस्थाका सचिव देवेन्द्र बस्नेत, नेविसंघ गोरखा क्याम्पस ईकाई अध्यक्ष पर्शुराम भट्ट, नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी, स्ववियू सदस्य राजु कोईराला लगायतले मन्तब्य राखेको थिए ।


कार्यक्रममा कक्षा ११ को तर्फबाट बिपना गान्धारी, १२ को तर्फबाट बिविसा पुडासैनी, स्नातक तह प्रथम वर्षको तर्फबाट अविन श्रेष्ठ, चौँथो वर्षको विद्यार्थीको तर्फबाट निरु थापा मगरले धारणा ब्यक्त गरेको स्ववियू उप सभापति शिवहरी तिमल्सिनाले बताए ।
क्याम्पसमा बिभिन्न समयमा सहयोग पु¥याएको भन्दै स्ववियूले गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तलाई सम्मान गरेको छ । शहिदलखनगाउँपालिका ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, रत्न लामिछाने र खानेपानी कार्यालय लमजुङलाई पनि सम्मान गरिएको उप सभापति तिमल्सिनाले जानकारी दिए । स्वागत कार्यक्रमका क्रममा साँस्कृतीक कार्यक्रम, विद्यार्थीको प्रतिभा प्रस्तुत गरिएको थियो भने दुई दिन सम्म सञ्चालित बिभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठहरुलाई पुरस्कार बितरण गरिएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्