| शुक्रबार, फाल्गुन ९, २०७६

लायन्स क्लव गोंगबुद्वारा बालज्योतीका विद्यार्थीलाई न्यानो कपडा बितरण

सिरानचोक गाउँपालिका ७ बालज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आईतवार एक कार्यक्रमका बिच न्यानो कपडा (ट्रायाक्सुट) बितरण गरिएको छ । लायन्स क्लव अफ गोंगबु काठमाण्डौँले विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोसाक बितरण गरेको हो ।
लायन्स क्वल गोंगबुका डिस्ट्रिक ३२५ बि वान को क्षेत्रीय डाईरेक्टर मोहनप्रसाद भट्टराईको विषेश पहलमा नेपाल कम्यूनिष्ट पार्टीका गोरखा जिल्ला सचिव प्रेम गुरुङले विद्यालयमा आयोजित एक कार्यक्रमका बिच पोसाक बितरण गरेका हुन् । कार्यक्रममा लायन्स क्लव अफ गोंगबुका सिनियर एड्भाईजर प्रकाशकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बिष्णुहरी ढकाल लगायतअविभाबकहरुको पनि उपस्थिती रहेको थियो । परोपकारी भावनाले स्थापना भएको लायन्स क्लवले अन्य ठाउँमा पनि सामाजिक काम र सहयोग गर्दै आएको क्षेत्रिय डाईरेक्टर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्