| आइतवार, माघ ५, २०७६

शहीद लखनमा नयाँ शिक्षकलाई तीनदिने अभिमुखीकरण

कुशल शिक्षकको रुपमा स्थापित गराउने उद्देश्यले शहीद लखन गाउँपालिकाले हालै कार्यक्षेत्रमा आएका नयाँ नियुक्त शिक्षकहरुलाई तीनदिवशीय अभिमुखीकरण गराउन सुरु गरेको छ ।

मनकामना माविको भवनमा सोमबारदेखि सुरु भएको अभिमुखीकरणमा सो गाउँ पालिकामा कार्यरत मावि, निमावि र प्रावि तहका ३० जना शिक्षकहरु सहभागी छन् । पहिलो दिन सोमबार गाउँपालिकाका प्रमुख रमेश थापा मगरले बालमैत्री विद्यालय शीर्षकमा अभिमुखीकरण गराएका थिए ।

दोस्रो दिनमा प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरेले विद्यालय र समुदाय बीचको सम्बन्धको बारेमा अभिमुखीकरण गराउने, त्यस्तै निरन्तर विद्यार्थी मूल्यांकनको बारेमा शिक्षा समन्वय कर्ता मोहन विष्टले अभिमुखीकरण गराउनेछन् । त्यस्तै कार्यमुलक अनुसन्धान र बहुकक्षा शिक्षणको बारेमा अर्का शिक्षा समन्वयकर्ता नन्दप्रसाद न्यौपानेले अभिमुखीकरण गराउने कार्यक्रम रहेको छ ।

अभिमुखीकरण कार्यक्रमको पहिलो दिन मनकामना माविका प्रधानाध्या पक होमप्रसाद जोशीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, वडा अध्यक्षहरु गणेश थापा र यमबहादुर थापालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्