| शनिबार, कार्तिक २, २०७६

तुलसीमान स्मृति पुरस्कारबाट चार विद्यार्थी पुरस्कृत

पालुङ्टार नगरपालिका वडा नं. ७ को जीवन ज्योति माध्यमिक विद्यालयका चारजना विद्यार्थीलाई तुलसीमान स्मृति पुरस्कार प्रदान गरिएको छ । कक्षा ८ का दिबस कुमाल, कक्षा ९ का गणेश कुमाल, कक्षा ६ का टेक घले र कक्षा ७ का नवीन कुमाललाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिईएको हो । विद्यालयमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले उनिहरुलाई पुरस्कृत गरे । सातबर्षसम्म सोही विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका श्रेष्ठको स्मृतीमा उनका परीवारले पुरस्कार प्रदान गरेका हुन् । हरेक बर्ष पुरस्कारलाई निरन्तरता दिने श्रेष्ठका छोरा निरज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्