| शनिबार, कार्तिक २, २०७६

बालदिवसमा आयोजित बालगीत प्रतियोगितामा महेन्द्रज्योति, चित्रकलामा बालमन्दिर प्रथम

८६ औं अन्तर्राष्ट्रिय तथा ५६ औं राष्ट्रिय बाल दिवस गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बालमन्दिर मावि गोरखाले बालगीत प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । गोरखा नगरपालिकाको आयोजनामा सम्पन्न सो समारोहमा बालगीततर्फ महेन्द्रज्योति माध्यमिक विद्यालय प्रथम, राष्ट्रिय माध्यमिक विद्यालय घलाङ द्वितीय, द वल्डक्यापिटल माध्यमिक विद्यालय रानीवन तृतीय र मोडर्न बोर्डिङ स्कूल हरमटारीले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै चित्रकला प्रतियोगितामा बालमन्दिर माध्यमिक विद्यालय छहरे प्रथम, महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार द्वितीय, रत्नराज्य माध्यमिक विद्यालय वीरेञ्चोक तृतीय र द वल्डक्यापिटल माध्यमिक विद्यालय रानीवनले सान्त्वना स्थान हासिल गरेका थिए ।

बालमन्दिर बालक्लवकी अध्यक्ष यमकुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेल, वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्के तथा प्रधानाध्यापक लुमनाथ लामिछानेले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्