| शनिबार, बैशाख ८, २०८१

कर्मचारीको मृत्यू बारे छानवीन गर्न मनकामना बहिरा विद्यालयको माग

जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरि घिमिरेको मृत्युको सन्दर्भमा छानबिन गर्न विद्यालयले माग गरेको छ । गोरखा नगरपालिका १० टक्सारमा रहेको विद्यालय नजिकैको जंगलमा मंगलबार बिहान उनी मृत भेटिएपछि विद्यालयले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको हो ।
सोमबार साँझ आफ्नो नियमित डियुटी गरी सोही वडाकै नौबिसेमा रहेको घर गएका उनी मृत अबस्थामा जंगलमा भेटिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए । ‘साँझ यहाँका विद्यार्थीलाई खाना खुवाएर घर जान निस्केका रहेछन्’, उनले भने, ‘आज बिहानै विद्यालय आउनुपर्ने नआएपछि घरमा सोध्दा उनी हिजै घर नगएको बताए । हामी सबै मिलेर खोजी गर्दा मृत अबस्थामा भेटियो ।’ उनको शब मूल सडकदेखि सय मिटर तल जंगलमा खुट्टा र टाउकोमा चोट लागेको अबस्थामा भेटिएको थियो । घटनास्थल र शवको अबस्थाका आधारमा दुर्घटना भन्दा नियोजित रुपमा घटना गरिएको हुनसक्ने आशंका गर्दै विद्यालयका शिक्षक, कर्मचारी र ब्यबस्थापन समितिले विज्ञप्ति प्रकाशन गरी घटनाको छानविन गर्न माग गरेका छन् । २० बर्षदेखि सोही विद्यालयमा कार्यरत ५० बर्षका घिमिरे सुस्तश्रवण हुन् । मृत्यु शंस्कास्पद भएको भन्दै घटनाको छानबिनका लागि स्थानीयले पनि माग गरेका छन् ।
घटनाको अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्