
भएको थोरैतिनो बजेट पनि फ्रिज ?
नेपाल अतिगरिब देशको संगठनको अध्यक्षता गरेको मुलुक, थोरैतिनो बजेटले गुज्रिरहेको छ । विश्व वैँक, एशियाली विकास वैँक, एक्जिम वैँक जस्ता निकायसंग ऋण लिएर मुलुक सञ्चालन भइरहेको छ ।
पूर्वाधार निर्माण गर्न मनग्य बजेट छैन । बहुबर्षे टेण्डर भएको योजनाहरुमा निर्माणकर्ताले तीब्र गतिमा काम ग¥यो भने पनि ‘छिटो छिटो धेरै काम नगर है, भुक्तानी दिनका लागि बजेट छैन’ भनेर काममा ‘ब्रेक’ लगाउनु पर्ने अबस्थामा देश गुज्रिरहेको छ ।
कनिकुथी बिनियोजन गरिएको थोरैतिनो बजेट पनि फ्रिज जाने दुखद अबस्था छ हाम्रो देशमा । कतै विवादै विवादका कारण, कतै खर्च गर्ने सामथ्र्य नभएका कारण कार्यालयका बजेटहरु फ्रिज हुने गरेका हुन् । कतै भने लाभग्राहीहरु बेलैमा सचेत भएनन् र लाभ लिन पाएनन् । यस्तै यस्तै कारण यो कार्यालयको चालु आर्थिक बर्ष ४६ लाख रकम फ्रिज भएको छ । रकम विनियोजित भएका केही योजना कार्यान्वयन हुन नसक्दा रकम फ्रिज भएको हो । जलवायुमैत्री कृषि प्रविधि प्रवद्र्धन कार्यक्रमको २० लाख बिमाका लागि प्राप्त ५ लाख, प्राङ्गारिक मल वितरण कार्यक्रमको २१ लाख पनि फ्रिज भएको छ ।
गरिब देशको यसै थोरै बजेट, त्यही पनि काम गर्न नसकेर फिर्ता जाँदा किसानको विकास कसरी हुने, देशको विकास कसरी हुने ? त्यसैले कार्यालय प्रमुख, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी सबका सबलाई सशक्तिकरणको तालिम दिएर दक्ष बनाउनु पर्ने देखिन्छ ।
घोडा चढ्ने मान्छे लड्छ भन्ने उखानै छ । काम गर्दा तनाब हुन्छ, जोखिम हुन्छ । जोखिम बहन गर्न नसकेर, तनाब सहन गर्न नसकेर बजेट खर्च नगर्ने परिपाटी विद्यमान छ । १०–५ अवधिको नियमित काम गरेर बिना तनाब, बिना जोखिम जागिर मात्र पकाउने परिपाटी अन्त्य गर्नुपर्छ । केही गर्छु भन्ने आकांक्षा लिएर काम गर्नुपर्छ ।