| शुक्रबार, बैशाख ७, २०८१

आरुखर्क क्लब भलिबलको फाईनलमा

आफ्नो सुरक्षाको लागि आफैँ सर्तक बनौँ (विषेश सम्पादकीय )

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलवार देखि गोरखा जिल्ला ‘लकडाउन’ ग¥यो । अन्य दिन जस्तो पसल खुलेनन् सवारी साधन चलेनन् । तर केही साना सवारी र मोटरसाईकल चालक भने जवरजस्ती सवारी चलाउन खोजिरहेका थिए । गोरखा भित्रने नाका, बाह«किलो, हरमटारी क्षेत्रमा ट्राफिक र प्रहरी सँग भनाभन परिरहेको दृष्य बिहानै देखि देखिन्थ्यो । स्वास्थ्यकर्मी, दुध, पानी, एम्बुलेन्स लगायतलाई प्रहरीले निर्वाद चल्न दिएको छ । लकडाउनको उलंघन गरेर ओहोर दोहोर गर्नेहरु पनि कम्ती थिएनन् अपवाद जरुर काममा हिँडेका बाहेक धेरैजसो महत्वपूर्ण नगरी नहुने काममा थिएनन् ।
कोरोना त्रास बढिरहेका बेला विश्वका धेरै देशहरुले सावधानीका लागि कयौँ उपाए अपनाए । भारतमा जनता कफ्र्यू लगाइएको छ । छिमेकी देश चिनले कयौँ दिन शहरहरु लकडाउन ग¥यो । नागरिकहरु सचेत भएर घर भित्रै बसे । अहिले शंक्रमण घट्दो छ । केही देशमा ठुलो रकम जरिवाना तोकिएको छ । कसरी हुन्छ मानिसहरुलाई भिडभाड हुने ठाउँमा नजान, घरैमा बसेर ‘सेल्फ क्वारेन्टाईन’ मा रहन स्थानीय, प्रदेश, संघिय सरकारले पटक पटक अनुरोध गरेको छ । तर केही सर्वसाधारण अनुरोधलाई बेवास्था गरेर मलाई करोना लाग्दैन जस्तो गरेर जवरजस्ती नियम मिच्दै हिँड्न लालाहित देखिए। आखिर किन र के का लागि ?
कोरोना भाईरसको संक्रमणले एक÷एक हुँदै हजारौँ ब्यक्तीले ज्यान गुमाएको खबर संचार माध्याममा आईरहँदा हाम्रो अटेरी पन र असावधानीले आफ्नो घर परिवार, समाज र सिङ्गो राष्ट्रलाई ठुलो क्षती पुग्न सक्छ । तपाई आफ्नो सुरक्षाको लागि घरमै बस्नु भनेर सडकमा खटिने प्रहरी भनिरहनुपर्ने विषय होईन । तर पनि राष्ट्रसेवक सुरक्षाकर्मी सडकमा कयौँ मानिसलाई भेटेर तपाई सुरक्षित हुनुहोस है भन्ने हाम्रो चिन्ता लिईरहेका छन् । उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नो ज्यान नै जोखिममा राखेर कोही कसैलाई संक्रमण भेटिन्छ कि भनेर चनाखो छन् । यस्तो अवस्थामा घरैमा बसेर आफ्नो सुरक्षा आफैँ गर्दा त्रासै त्रासमा रहेका सबैलाई कोरोना भाईरसको संक्रमणबाट सुरक्षित हुन मद्धत पुग्ने थियो कि ।

प्रतिक्रिया दिनुहोस्