| शनिबार, बैशाख ८, २०८१

आर्थिक गणनाका लागि तालीम सुरु

दरौँदी ः आगामी बैशाख १ गते देखि सुरु हुने आर्थिक जनगणनाको लागि गणकहरुलाई तालीम प्रदान गरिएको छ ।
नेपाल सरकारको राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभाग
जिल्ला आर्थिक गणना कार्यालय गोरखाको आयोजनामा ३८ जना गणक र पाँच जना सुरपरिबेक्षकका लागि पाँच दिने तालीम प्रदान गरेको हो । तालीमको बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले उद्घाटन गरिन् ।
आर्थिक गणना सफल पार्नका लागि गोरखा जिल्लामा साँढे दुई महिना सम्म गणक र सुपरिवेक्षक खटाईने जिल्ला आर्थिक गणना कार्यालय तथा तथ्याङ्क कार्यालय गोरखाका प्रमुख यज्ञमुर्ती भण्डारीले जानकारी दिए ।
समन्वय समितिकी उपप्रमुख अधिकारीको अध्यक्षतामा भएको उक्त तालीममा प्रमुख अतिथि गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्त, प्रहरी उपरिक्षक प्रकाश अधिकारी, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठा, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवन ज्वोती श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उक्त आर्थिक गणना सम्पन्न भएपछि सबै स्थानीय तहसँगै जिल्लाकै गुरुयोजना बनाउन समेत सहयोग पुग्ने भण्डारीले बताए । गोरखा नगरपालिकाले गणकहरुलाई समन्वय गरी पठाए नगरपालिका सहयोग गर्न तयार रहेको र सहयोग गर्ने समेत बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले कोही ब्यापारी छुट नहुने गरी गणना गर्न सुझाब दिए । समन्वय समितिकी उपप्रमुख अधिकारीले जिल्लाका सबै जनप्रतिनिधीले उक्त काममा सहयोग गर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्