| शनिबार, भदौ ७, २०७६

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई

बिराटनगरको अस्थायी भारतीय क्याम्प हटाउन भट्टराईको ओलीलाई सुझाव

र्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरमा राखिएको अस्थायी भारतीय क्याम्प बन्द गर्न पहल गर्नुपर्ने बताएका छन्।

 

ओलीलाई १० बुंदे सुझाव दिँदै भट्टराईले कोशीमा बाढी आएको समय नेपालबाट भारत भई पुनः नेपाल आउने सवारीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पालामा दिइएको इजाजत बन्द गर्नुपर्ने सुझाव दिएका हुन्।

‘सन् २००८ को सेप्टेम्बरमा कोशीमा आएको बाढीले पूर्वपश्चिम राजमार्गमा क्षति पु¥याएको हुँदा नेपालबाट भारत भई पुनः नेपाल आउने सवारीलाई इजाजत दिन सडक मर्मतपश्चात बन्द गर्ने गरी कोशीमा एक अस्थायी भारतीय क्याम्प राख्न अनुमती दिइएको थियो’, उनको सुझावपत्रमा भनिएको छ,‘हाल काम सकिइसकेकाले सो क्याम्प बन्द गर्न परराष्ट्र मन्त्रालयले भारतसमक्ष दुई पटक पत्राचार गर्दापनि अटेर गरिरहेको अवस्था छ, त्यसैले सो क्याम्पस बन्द गर्न पहल गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्