| शनिबार, कार्तिक २, २०७६

ओली

भारत भ्रमणबारे आज संसदमा के बोल्दैछन् प्रधानमन्त्री ओली ?

काठमाण्डु, २० चैत– २३ चैतदेखि भारतको तीन दिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसदमा पेस हुँदै छ । सरकारले संसदमा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसदको अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसदमा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसदको अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।

सो पत्र सरकारले संसदमा ल्याएपछि मात्रै अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्