| शुक्रबार, बैशाख ७, २०८१

धर्म परिवर्तन गराउनेलाई देश निकाला

यस्तो छ २०७५ सालको लागि सरकारले दिने सार्वजनिक विदाको सूची

सरकारले २०७५ सालको बिदाको सूचि सार्वजनिक गरेको छ।

 

सरकारले राजपत्रमा सूचना निकालेर बिदाको सूचि सार्वजनिक गरेको हो। विगतदेखि दिँदै आएको विदा कटौती गरेर सरकारले मन्त्रिपरिषदको निर्णयअनुसार बिदाको सूचि सार्वजनिक गरेको हो।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा व्यापक कटौती गर्दै वर्षमा ८९ दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसअघि वर्षको १ सय ४ दिन सार्वजनिक बिदा हुँदै आएको थियो।

सरकारले सार्वजनिक गरेको नयाँ सूचीअनुसार अब वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ। सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन मात्र बिदा दिइएको छ।

सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुने सरकारी सूचनामा उल्लेख छ। दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुने राजपत्रमा उल्लेख छ।

असोज ३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ। दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ।

बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ भने काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुने छ।

अपांगता भएका कर्मचारीका लागि मंसिर १७ गते बिदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्