| मङ्लबार, कार्तिक ५, २०७६

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई

लालबाबुलाई बाबुरामको सुझावः कर्मचारीलाई स्वेच्छिक अवकास हैन बर्खास्त गर्नुस् १

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको वाचा पूरा गर्न कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्न सुझाव दिएका छन् ।
कर्मचारी संगठनका आधिकारी ट्रड युनियनले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकाले माफी माग्नुपर्ने बताएपछि डा भट्टराईले यस्तो सुझाव दिएका हुन् । साथै भट्टराईले स्वेच्छिक अवकाश रोज्नेलाई बर्खास्त गर्न पनि सुझाव दिए ।

सामाजिक सञ्जालबाट पण्डितलाई सुझाव दिँदै बाबुरामले भनेका छन् , ‘सरकारले सुशासन र समृद्धिको वाचा पूरा गर्ने हो भने यसो गरोस्– कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्ने ! दलीय ट्रेडयूनियन खारेज गरेर एकल यूनियन राख्ने ! स्वेच्छिक अवकास हैन बर्खास्त गर्ने ! प्राबिधिक बढाउने ! सुविधा थप्ने संख्या घटाउने ! नत्र समृद्धि बिरबलको खिचडी मात्र हुन्छ है !’

प्रतिक्रिया दिनुहोस्