| शनिबार, बैशाख ८, २०८१

सासु र ससुरा भेट्न हिमानी झापा लागिन

पूर्व युवराज्ञी हिमानी शाह सासु–ससुरा ज्ञानेन्द्र शाह तथा कोमल शाहलाई भेट्न झापाको दमक पुगेकी छन्। २० फागुनदेखि झापामा रहेका सासु–ससुरासँग केही दिन बिताउने गरी हिमानी शाहपनि झापा पुगेकी हुन्।तीन हप्ताका लागि झापा प्रस्थान गरेका पूर्वराजा काठमाडौं फर्कने मिति अझै तय हुन सकेको छैन।हिमानी झापा प्रस्थान गरेपछि छोरा हृदयेन्द्रलाई बाबु पारस शाहसँग रहने गरी इमाडोल पठाइएको छ।पारश–हिमानीकी कान्छी छोरी कृतिका भने ब्याङ्ककमा अध्ययनरत दिदी पूर्णिकासँगै घुम्ने गरी त्यसैतर्फ गएकी छन्।

प्रतिक्रिया दिनुहोस्