| शुक्रबार, जेष्ठ २३, २०७७

गोरखामा मंगलवार र शुक्रवार बैंक खुल्ने,भोलीदेखि ढुवानीका साधन चल्ने

जेठ १ गतेदेखि ‘सिल’ गरिएयता बन्द गरेको गोरखाको बित्तिय संस्था मंगलवार र शुक्रवार खुल्ने भएको छ । बन्द भएको बिकास निर्माणको काम ढुवानीका साधन संचालन गर्ने निर्णय सँगै भोलीदेखि फेरी सुचारु हुने भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कोरोना भाईरस नियन्त्रण रोकथाम र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज बसेको बैठकले सर्वसाधारण नागरिक र ब्यापारीको सजिलोका लागि र कोरोनाको संभावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउन, भिडभाड हुन नदिन बैंक, बिमा कम्पनी, सहकारी दुई दिन खोल्ने निर्णय गरेको प्रशासकिय अधिकृत हर्क रोकाले बताए ।
यस अघि जेठ १ गतेदेखि आज सम्म गोरखालाई ‘सिल’ गरेसँगै बित्तिय कारोबार बन्द भएको थियो । बिकास निर्माणका योजना अघि बढाउने निर्णय भएपनि निर्माण सामग्री अभावमा काम हुन सकेको थिएन । आयोजना सञ्चालन गर्ने कार्यालयको सिफारिस र स्थानीय तहको अनुमतीमा बिहान निर्माण ब्यवशायीले काम गर्न पाउने भएका हुन् । कामदार नभएका कारण समस्या भएको गुनासो उनीहरुको छ । खाद्यान्न, दाना लगायतका ढुवानी पनि साँझ ६ देखि भोलीपल्ट बिहान ६ बजे सम्म रातको समयमा मात्रै चल्न पाउने भएको छ ।

नाकामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र सञ्चारकर्मीको कोरोना परीक्षण गर्ने, जिल्लामा कोभिड १९ चेकजाँचका लागि चाहिने आवस्यक सामग्री प्रदेश सरकार सँग माग गर्ने निर्णय बैठकले गरेको छ । अन्तरजिल्ला पशुपंक्षी ढुवानी भने दिउँसो ३ देखि साँझ ६ बजे सम्म मात्र गर्न पाईने भएको छ । नाकामा रहेका गोरखाबासी जिल्ला भित्रिएमा संम्बन्धित पालिकाको क्वारेन्टिनमा राखिने भएको छ । बैठकले सरकारले घोषणा गरेको जेठ २० गते सम्मको बन्दाबन्दीलाई कडाईकासाथ लागु गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्